सुनसरी / इटहरीमा रहेको जनता माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई एक दिने अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 


विद्यालयले कक्षा ११ मा नयाँ  भर्ना भएका विज्ञान विषयका  विद्यार्थीहरुलाई हिजो मंगलबार अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।


विद्यार्थीहरुलाई थप अध्ययनका लागि विषय छनौटगरी योजना बनाउनका साथै पठनपाठन सीप र कला विकास गर्ने उद्देश्यले सो  कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  काशीनाथ दंगालले बताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  काशीनाथ दंगालको अध्यक्षता भएको उक्त कार्यकममा डा. मदन मण्डल र ई.आसुतोष कर्णले विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए । 


कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक पशुपति सिग्देल,शिक्षक प्रतिनिधि शिवराज दाहाल,शिशकहरू यदु दंगाल,विकास अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।इटहरी जनता मावि