काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति सर्वोच्च अदातलले बदर गरिदिएको छ।
सभामुख बाबुराम गौतमको समेत मतका आधारमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको सर्वोच्चको ठहर छ ।
बिहीवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सरकार गठनको दाबी पेस गर्दा नै सभामुखले कसैलाई समर्थन गरेर हस्ताक्षर गर्न नहुने बताएको हो ।
सर्वोच्चले कोशीमा सात दिनको समय दिएर नयाँ सरकारको प्रक्रिया थाल्न पनि आदेश दिएको छ । सात दिनभित्र बहुमत पेस गर्न नसकेमा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेका हिक्मतकुमार कार्की नै मुख्यमन्त्री बन्नु हुनेछ ।
मत बराबर भएको अवस्थामा निर्णायक मत जाहेर गर्न मात्र अधिकार राख्ने प्रदेशसभाका सभामुखले मत बराबर नै नभएको अवस्थामा मतदान गरी नेपाली काङ्ग्रेसका उम्मेदवार उद्धव थापालाई मुख्यमन्त्री निर्वाचित गर्नु असंवैधानिक कदम भएको सर्वोच्चको ठहर हो । कोशीका मुख्यमन्त्री मदमुक्त भएसँगै सर्वोच्चले नयाँ सरकारकाे प्रक्रिया थाल्न आदेश गर्ने भएको छ ।


