सुनसरी / तेह्रथुमको आठराई गाउँपालिका -६ चुहानडाँडा मोटरसाइकल दुर्घटना हुदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।


चुहानडाँडाको कार्तिकेमा बिहिवार दिउँसो मोटरसाइकल दुर्घटना हुदा आठराई-२ ह्वाकूका ४१ वर्षीया नविन थिङलावुको मृत्यु भएको  इलाका प्रहरी कार्यलय आठराईले जनाएको छ । 


घाइते हुनेमा धरानका अन्दाजी ४० वर्षीया सुरेन राई रहेका छन् । आठराई संक्रान्तिबजारबाट ईलाम जादै क्रममा दुर्घटना भएको थियोे । घाइते राईलाई पाँचथर अस्पताल फिदिममा लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।