सुनसरी / इटहरी उपमहानगरपालिका अगाडि अखिल नेपाल किसान महासंघ कोशी प्रदेश कमिटीले आफना माग राख्दै बिरोध प्रर्दशन गरेको हो ।
नेपाल सरकारले लम्कि स्कीन रोगको उपचार लगायत किसानका समस्यामा देखाएको उदाशीनता तथा लापरबाहीका विरुद विरोध स्वरूप ७ प्रदेशमा चक्का जाम एवंम सन्छिपत कोण सभा कार्यक्रम इटहरीमा गरेका हुन् ।
किसानले भोग्नु परेको समस्यालाई ध्यानमा राखि महासंघले शुक्रबार दिउसो प्रर्दशन भएको थियोे ।उनिहरुको माग थियो लम्बी स्कीन रोगलाई महामारीको घोषणा गरी द्रुतगतीमा उपचारद्वारा रोगको नियन्त्रण गर, किसानलाई राहत, क्षतिपुर्ति र पुर्नस्थापना सहितको प्याकेज कार्यक्रम अविलम्ब घोषणा गर ,मरेका पशुहरूको बिमा भुक्तानी तत्काल गर , रासायनिक मलको सहज आपुर्तिको व्यवस्था गर भन्दै माग थियोे ।
त्यस्तै सरकारद्वारा संचालित कालिमाटी समेतका सम्पूर्ण बजारहरूका सटर तथा स्टलहरू खुल्ला प्रतिस्पर्धा द्वारा भाडामा दिने व्यवस्था गर , तरकारी तथा फलफुल बजारका सटर तथा स्टलहरू ५०% (प्रतिशत) किसानका लागि छुट्या लगायत ९ ओटा माग राखेका थिए ।
इटहरी उपमहानगरपालिका अगाडि हुदै, इटहरी मुख्य चोकमा कार्यक्रम विसर्जन गरिएको थियो । अखिल नेपाल किसान महासङ कोशी प्रदेशका संघका सचिब मदन प्रसाद अधिकारीको नेतृत्वमा सांकेतिक बिरोध कार्यक्रम भएको हो । उक्त कार्यक्रममा केन्द्रिय सचिब बिश्व बराल, केन्द्रिय सदस्य , प्रदेश कमिटी सदस्य लगायत करिब ५०/६० जनाको उपस्थितिमा विरोध समापन भएको थियोे ।



