सुन्दरहरैंचा / मोरङको बेलबारी नगरपालिकामा ट्रकको ठक्करबाट सुन्दरहरैँचाका एक व्यक्तिको मृत्यु भएको छ ।


पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६७१० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ११ सु.ह.नपा ११४३ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो ।


मृत्यु हुनेमा सुन्दरहरैँचाका नगरपालिका -११ गोविन्दपुरका अन्दाजी ५० वर्षीय धर्मराज थापाको मृत्यु भएको हो । दुर्घटनामा सिटी सफारी चालक थापाको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।


उनलाई उपचारको लागि कोसी अस्पताल विराटनगर पुर्‍याउने बित्तिकै चिकित्कसले मृत घोषणा गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोसी प्रदेशले जनाएको छ ।


ट्रक र चालक उर्लाबारी नगरपालिका ४ का ४६ वर्षीय सोमबहादुर घलानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।