विराटनगर / कोशी प्रदेशमा मुख्यमन्त्री  गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आव्हान गरेका छन् ।


सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर गरेर नयाँ सरकार गठन गर्न परमादेश दिएसँगै खापुङले नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।


प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार साउन १६ गते अपरान्ह ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको हो।


 परमादेश जारी भएकोले सोही आधारमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति २०८०।४।१६ गते मंगलबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले आह्वान गर्नुभएको छ’, प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।