मोरङ / राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटीको सुन्दरहरैंचा गोकर्ण रिसोर्टमा कोशी प्रदेश कमिटी संयोजक अरुण गुरुङको अध्यक्षता , पार्टी केन्द्रिय सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता पूर्वमन्त्री तथा युवा संघका इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । युवा संघले विभिन्न क्षेत्रमा देखाएको आफ्नो गौरवमय उपस्थितिप्रति इन्चार्ज महेश बस्नेतले धन्यवाद ज्ञापन गरेका छन्। नेता बस्नेतले मुलुकको समकालिन राजनीतिको बिषयमा प्रस्ट पार्दै राजनीतिमा युवाहरुको भूमिकाको विषयमा चर्चा गरेका थिए। नेता बस्नेतले अन्य दलका युवाहरुलाई पनि युवा संघमा आकर्षित गर्न दत्तचित्त भएर काम गर्न सुझाएका छन्।
पछिल्लो समय दण्डहीनता, भ्रस्टाचार मौलाउँदै मुलुकको राजनीति अस्तिरतातर्फ लम्किरहेको बेला पार्टीभित्रको गतिविधि र युवा संघले खेल्नुपर्ने भूमिका बारे छलफल गर्न राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटीले बैठकको आयोजना गरेको हो।

बैठकमा पार्टीलाई एकताबद्ध बनाउन युवाहरुलाई नेपालमै स्वरोजगार को बातावरण बनाउन खेल्नुपर्ने भूमिका, युवा संघको अबको कार्यदिशा, प्रदेश कमिटीले खेल्नु पर्ने भूमिका, युवा संघका भावी रणनीति बारे छलफल भएको थियो।
बैठकमा कोशी प्रदेश को १४ वटै जिल्लाका पदाधिकारीले संघले जिल्लामा गरेको कामका बारे रिपोरर्टिङ समेत गरेका थिए। बैठकमा राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले युवा संघको अबको कार्यदिशा, प्रदेश कमिटीले खेल्नु पर्ने भूमिका र युवा संघका भावी रणनीतिका बारेमा प्रकाश पारेका थिए।

उनले आफ्नो आफ्नो क्षेत्रबाट जनतासँग नजिक रहने विभिन्न अभियान संचालन गर्नका लागि तयार रहन पनि प्रदेश कमिटीलाई निर्देशन दिएका थिए।
त्यस्तै केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश उत्प्रेरक कृष्ण हरि केसिले संघको संगठनिक भावी योजना साथै प्रदेशले खेल्नु पर्ने भूमिकाको बारेमा समेत प्रस्ट पारेका थिए।

बैठकमा संघका केन्द्रीय सचिव पर्वत भण्डारी, अनिता कन्दङ्वा, जय गुरुङ आर्थिक बिभाग प्रमुख राकेश राई लगायत केन्द्रिय पदाधिकारी साथै कोशी प्रदेश बाट प्रतिनिधित्व गर्ने स्थायी कमिटी र सचिवालय साथै केन्द्रिय कमिटीका सदस्यहरुको उपस्थिति रहेको युवा संघ कोशी प्रदेश संयोजक अरुण गुरुङले जानकारी दिए। राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश कमिटीको पुर्ण बैठकले २०८० भाद्र २३,२४ गते धरानमा कोशी प्रदेश प्रथम अधिबेशन गर्ने निर्णय गर्दै बैठक सम्पन्न गरेको छ ।


