विराटनगर / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले‌ संविधानमा लेखिएको कुराहरु कार्यान्वयन गर्दै जानुको विकल्प नभएको बताएका छन् । 


आइतवार मोरङको बुढीगंगा गाँउपालिका वडा नं. १ को वडा कार्यालय भवनको उद्घाटन पछि संचारकर्मीहरु संग कुरा गर्दै नेता कोइरालाले संविधान बमोजिम पद खाली हुनुभन्दा अघि नै प्रधान न्यायाधिस नियुक्ति नगरेर संविधानलाई असफल बनाउने प्रयास भएको भन्दै  संविधान कार्यान्वयनमा सरकार र प्रतिपक्षी दल चिन्तित नभएको आरोप लगाए।


नेता कोइरालाले प्रधान न्यायाधिसको कार्यकाल समाप्त हुन लागेकोले नयाँ प्रधान न्यायाधिस आएपछि न्याय परिषदको बैठक बसेर न्यायाधिस सिफारिश गरिने बताए । 


बुढीगंगा गाँउपालिकाको वडा नं. १ कार्यालय भवन ०७७ साल पौषमा निर्माण थालेर ०७९ माघमा निर्माण सम्पन्न भएको सो भवन करिब ७९ लाख २७ हजार रुपैयामा निर्माण गरिएको हो ।  सो भवन स्थानीयले निशुल्क उपलब्ध गराएको ३ कट्ठा जग्गामा निर्माण गरिएको छ ।