सुनसरी / इटहरीमा मोटरसाइकल कारसँग ठक्कर हुँदा दुई जना गम्भीर घाइते छन भने दुईजना सामान्य घाइते भएका छन् ।


कोशी प्रदेश ट्रालिक प्रहरी कार्यलय इटहरीका अनुसार आज दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राममा तीनवटा सवारीसाधन एकैठाउँ दुर्घटना हुँदा प्रदेश ३–००५ प ४६७७ नम्बरको मोटरसाइकल र बा १७ च ९१०५ नम्बरको कार एकापसमा ठक्कर भएको थियो ।


कारसँग ठक्कर भएको मोटरसाइकल पुनः प्रदेश १–०२–०४५ प ५८५६ नम्बरको मोटरसाइकलसँग ठक्कर भएर दुर्घटना भएको हो ।


दुर्घटनामा ४६७७ नम्बरको मोटरसाइकल चालक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ का २८ वर्षीय निलम लिम्बू र सोही मोटरसाइकलमा सवार २६ अन्दाजी २६ वर्षीय लक्ष्मण लिम्बू गम्भीर घाइते भएका छन् । उनीहरूको अहिले विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको ट्राफिक प्रहरी इटहरीले जनाएको छ ।


 प्र  ५०५६ नम्बरको मोटरसाइकल चालक इटहरी ४ बस्ने ४८ वर्षीय चेतनाथ भट्टराई र सोही मोटरसाइकलमा सवार बराहक्षेत्र ५ बस्ने ४८ वर्षीय कृष्ण ढकाल सामान्य घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको  छ ।



४६७७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको ट्राफिकण प्रहरीले जानकारी दिए । प्रत्यक्षढदर्शिका अनुसार मोटरसाइकल तिब्रले आएर कार सँग ठोक्किको बताए । कार चालक त्रिभुवनारायण साह प्रहरीको सम्पर्कमा रहेको र दुर्घटनाको विषयमा थप अनुसन्धान छ । पूरा जानकारी आउन बाकि रहेको छ ।