विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९/ ८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई हजार सात सय ७३ फछ्र्यौट गरेको छ ।
सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्षिक कार्यसम्पादन समीक्षा प्रगति विवरण प्रस्तुत गर्दै जानकारी दिनुभएको हो ।
गत आवमा आठ हजार सात सय १९ विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कानूनी कारबाही भइरहेको तथा फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय एवं जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार चार सय ६६ जना फरार प्रतिवादी पक्राउ गरिएको र रु चार करोड २४ लाख १२ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रमुख बाँस्तोलाले जानकारी दिए ।
यसैगरी भन्सार चोरी निकासी तर्फ अवैध रुपमा सामान चोरी निकासी गर्ने एक सयजना मानिस पक्राउ गर्नुका साथै रु २६ करोड ९८ लाख ३८ हजार नौ सय ८० राजस्व भएको जनाइएको छ ।


