सुनसरी / मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङलिस स्कुलका कक्षा ११ र १२ मा अध्यायनरत विद्यार्थिहरुलाई विभिन्न जातजातिका भाषा,संस्कार र संस्कृतिका बारेमा जानकारी दिन थालिएको छ ।
शुक्रबार विद्यार्थीहरुलाई जीवनपयोगी शिक्षा अन्तर्गत स्थानिय स्तरका विभिन्न जातजाती भाषा, संस्कार र संस्कृतिको उत्पति, विकास इतिहास, वर्तमान अवस्था र संरक्षण सम्र्बद्धनका विषयमा जानकारी दिने लक्ष्यका साथ कोकरिकुलर कार्यक्रम अन्तर्गत बेलबारी नगरपालिका भित्र स्थित गुरुङ जातिहरुको नेपाल तमु गुम्बा, तामाङ जातिको तामाङ गुम्बा, दलित जातिहरुको दलित संग्रालय, यलम्बर पार्कमा भ्रमण गराइएको छ ।
कार्यक्रमले विद्यार्थीहरुमा संस्कार, संस्कृतिको ज्ञान, सिप र अभिवृद्धिको बारेमा अवगत गराउने विद्यालदयका प्रिन्सिपल राजेश खत्रीले बताए । २१ औँ शताब्दीको शिक्षामा तथा प्रविधिमा पहुँच राख्नु, बहुआयमिक, बहुसांस्कृतिक, बहुधार्मिक हाम्रो देश नेपाल हो ।
तथ्यलाई स्वीकार गरी संस्कारलाई एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गरि हाम्रा सन्तानहरुलाई संस्कारमुखी र सभ्य बनाउनु पनि शिक्षाको उद्धेश्य रहेको बिद्यालयका काउन्सिलर भुपाल बस्नेतले बताए ।

