सुनसरी / लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग भयावह रूपमा फैलन थालेपछि इटहरी उपमहानगरपालिकाले पनि नियन्त्रणका अभियान  सुरु गरेको छ ।


केही दिनअघि मात्र उपमहानगरपालिकाको मातहतमा रहेको इटहरी अस्पतालमा डेङ्गीको निःशुल्क परीषण सेवा दिन थालेको छ । इटहरी सरकारले साउन १९ गतेदेखि पालिकाका सबै २० वडाहरूमा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सुरु गरेको हो । टोल विकास समितिमार्फत अभियान सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।


सङ्क्रमण दरमा कमी नआएसम्म अभियान जारी नै रहने उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । उच्च ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण देखिए तत्काल परीक्षण गराउन पनि उनले अपिल गरेका छन् ।

1691224487970

यता उइटहरीका सामुदायिक तथा संस्थागत विद्यालयमाहरूले पनि डेङ्गो रोग सम्बन्धि सचेतना कार्यक्रम गर्दै आएका छन् ।1691224801329