सुनसरी / इटहरीस्थित जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको लागि गरिएको निर्वाचनको मतगणना सकिएको छ ।

शनिवार भएको मत परिणाम अनुसार राजनीतिक दलको गठबन्धनमा आबद्ध बहुमत उम्मेदवारहरुले जितेका छन् ।


१३ पदका लागि ३२ जना प्रतिस्पर्धामा थिए । कूल ७३० मतदातामध्ये ६०४ मत खसेको थियो । जसमध्ये शेखर लुइँटेल ४०८ मत प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरे ।


कुलबहादुर कार्की (राजकुमार) ३९९ मत, विकल रेग्मी  ३६५ मत, विकास केसी ३५२ मत, अम्बिका श्रेष्ठ ३४६ मत, तीर्थराज पराजुली ३४१ मत, युगप्रिय निरौलाले ३३६ मत प्राप्त गरेका थिए ।


यसैगरी, गङ्गा प्रसाद भट्टराई ३०३ मत, शिवराज दाहाल २९९ मत, ईश्वर भट्टराई २९६, उर्मिलादेवी कटवाल २८२ मत, दिनेशकुमार भट्टराई २७२ मत र रेवतीप्रसाद घिमिरेले २७१ मत प्राप्त गरेका थिए ।जनता क्याम्पस इटहरी

जनता क्याम्पसमा हाल नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य रेवतिरमण भण्डारी अध्यक्ष रहेका थिए । केही समय अघि भएको क्याम्पसको परिषद् बैठकले निर्वाचन प्रक्रियालाई संशोधन गरी पारित गरेको हो । 


पारित विधान अनुसार यस पटक सदस्य पदका लागि निर्वाचन भइसकेको छ । निर्वाचित समितिले थप ४ जना सदस्य मनोनीत गर्ने  छन् । समितिमा ५ जना पदेन सदस्य रहने व्यवस्था छ । नयाँ समिति भित्रबाट अध्यक्ष सहित अन्य पदको बाँडफाँड हुनेछ ।