सुनसरी / राष्ट्रिय युवा संघ भोजपुर नगरकमिटी भोजपुरले ‘एक युवा पाँच बिरुवा’ अभियानको शुरुवात गरेको छ ।


भोजपुर नगरपालिका १२ स्थित तीनधारा र सिढी सरसफाइ सँगै वृक्षारोपण गरेको हो । ‘एक युवा पाँच बिरुवा’ अभियान अन्तरगत युवा संघको आयोजनामा वृक्षारोपण गरिएको नगर अध्यक्ष दिपेन दर्नालले बताए । 


तीनधारा क्षेत्रका साथै सिढी सरसफाइ गरिएको हो । युवाहरूलाई सामाजिक काममा जोड्नुका साथै श्रम संस्कृति आबद्ध गर्नका लागि अभियान थालिएको नगर अध्यक्ष दर्नालले बताए ।


कार्यक्रम हरेक शनिवार गरिने संघले जनाएको छ । कार्यक्रममा नेकपा एमालेका नेता एवं प्रदेश सभा सदस्य सृजना राई एमाले भोजपुर अध्यक्ष शरणकुमार राई लगायतको सहभागिता रहेको थियो ।

युवा संघ भोजपुर

त्यस्तै, हतुवागढी गाउँपालिका वडा ३ युवा संघले पुर्णे बजारको शनि दिमालुङ्ग पार्कमा सरसफाइ गरेका थिए ।IMG_20230806_122824