सुनसरी / सुन्दरहरैंचा नगरपालिकाले उपभोक्ता संरक्षण तथा कालो बजारी नियन्त्रण गर्न र ब्यबसायीलाई सचेत तुल्याउन बिहिबार देखि नियमित बजार अनुगमन सुरु गरेको छ ।


सुन्दरहरैंचा नगरपालिका नगर उप-प्रमुख तथा बजार अनुगमन समितिका संयोजक अकली चौधरीको संयोजकत्व संयुक्त बजार अनुगमन सुरु गरेको हो ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, जिल्ला प्रशासन कार्यालय मोरंग, करदाता सेवा कार्यालय बिराटचौक, उधोग बाणिज्य संघ, पत्रकार लगायतका सरकारी निकायका प्रतिनिधिले संयुक्त बजार अनुगमन सुरु गरेको हो।

1691304851669

नगरप्रमुख केदार प्रसाद गुरागाई समेत बजार अनुगमन गर्न आफै लागि परेका छन् । बजार अनुगमन गर्ने क्रममा केहि ठाउँमा कैफियत पाईएको छ भने केहि ठाउँमा नगरमा दर्ता नगरी ब्यबसाय संचालन गरेको भेटिएको छ, केहि ठाउँमा दर्ता गरेपनि नबिकरण नगर्ने पाइएको छ । अनुगमन क्रममा म्याद गुज्रिएको बस्तु भेटिएका स्थानमा मुचुल्का उठाई नगरले बरामद समेत गरेको छ ।IMG_20230806_124756