सुनसरी / जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समिति अध्यक्षमा विकास केसी निर्वाचित भएका छन् ।


सोमबार आज क्याम्पसको सभाहलमा सम्पन्न पदभार तथा सपथ ग्रहणको कार्यक्रम पछि बसेको पहिलो बैठकले केसीलाई समितिको अध्यक्षमा चयन गरेको हो ।


गत २० गते शनिबार सम्पन्न भएको क्यामपस सञ्चालक समितिको निर्वाचनमा केसीले ३५२ मत प्राप्त गरेका थिए । १३ सदस्यको लागि भएको निर्वाचनमा ७२९ मतदाता मध्ये ८३ प्रतिशत मत खसेको थियो । खसेको ६०४ मत मध्ये ५९१ मत सदर भएको थियो ।


निवार्चित सदस्यहरुबाट सर्वसम्मत रुपमा अध्यक्षमा केसीलाई चयन गरिएको हो । अन्य पदाधिकारी आगामी बैठकले टुङ्गो लगाउने जनाइएको छ ।


जनता क्याम्पसमा हाल नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य रेवतिरमण भण्डारी अध्यक्ष रहेका थिए । १३ पदका लागि ३२ जना प्रतिस्पर्धा गरेका थिए । जसमध्ये शेखर लुइँटेल ४०८ मत प्राप्त गरेका थिए ।


कुलबहादुर कार्की (राजकुमार) ३९९ मत, विकल रेग्मी  ३६५ मत, विकास केसी ३५२ मत, अम्बिका श्रेष्ठ ३४६ मत, तीर्थराज पराजुली ३४१ मत, युगप्रिय निरौलाले ३३६ मत प्राप्त गरेका थिए ।


यसैगरी, गङ्गा प्रसाद भट्टराई ३०३ मत, शिवराज दाहाल २९९ मत, ईश्वर भट्टराई २९६, उर्मिलादेवी कटवाल २८२ मत, दिनेशकुमार भट्टराई २७२ मत र रेवतीप्रसाद घिमिरेले २७१ मत प्राप्त गरेका थिए ।