इटहरी / धरानबाट काँकडभिट्टा जाँदै गरेको बस इटहरी २० स्थित होम्समा दुर्घटना भएको छ ।


धरानबाट काकडभिट्टा जाँदै गरेको मे १ ख २७४० नम्बरको (ग्यालेक्सी यातायात) बस आज (मंगलबार) बिहान तरहराको होम्स नजिकै डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।


दुर्घटनामा १४ जना यात्रु घाइते भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । घाइते मध्ये ३ जनाको टाउकोमा चोट लागेकाको अवस्था गम्भीर रहेको छ भने अन्य ११ जना सामान्य घाइते भएका छन् ।


घाइतेहरूको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ  । तीव्र गति र वर्षाका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।


बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।