सुनसरी / इटहरी २ मा रहेको माइती नेपाल परामर्श तथा पुर्नःस्थापना गृहले तीन जना महिलालाई इ–रिक्सा प्रदान गरेको छ ।
जोखिममा परेका युवतीलाई आवश्यक सीप सिकाएर आत्मनिर्भर बनाएर आज बुधबार एक कार्यक्रम गरि ३ जनालाई इ–रिक्सा प्रदान गरेको हो । माइती नेपाल इटहरी कार्यक्रम संयोजक सुनिता कार्कीले उद्दार गरेर ल्याएका चेलिवेटीलाई विभिन्न समयमा जिवन उपयोगी सीप प्रदान गर्दैै आएको बताइन् ।
कार्यक्रमा इटहरी उपमहानगरपालिकाका उप- प्रमुख संगिता कुमारी चौधरीले महिलाहरूको उद्दार कार्य आएकोमा प्रसंसा गरेकी हुन् । सो क्रममा इटहरी वडा नम्बर २ का वडाध्यक्ष माधव कोइराला, नागरीक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराई लगाएतले बोलेका थिए ।
२००२ सालमा स्थापना भएको माइती नेपाल देखी हाल सम्म तालिम लगायत अन्य सेवा सुविधा प्राप्त ६ सय ३० जना सेवा देखि उद्दारका काम गरिसकेको छ । वर्षिक २ सिफट तालिमहरु विभिन्न प्रकारको समय र बजारको मागलाई मध्य नजर गरी तालिमहरु संचालन गर्दै आएको छ ।
यस वर्षको तालिमहरुमा २ पल्ट वैशिक ३ महिने कटीङ्ग तालिम ३ महिने एडभान्स तालिम १ पल्ट र ३ महिने व्युटीपार्लर तालिम १ पल्ट १५ दिने इरिकसी तालिम १ पल्ट रहेको छ । माइती नेपालले वार्षिक ३ वटा इ रिक्सा वितरण गर्दै आएको छ । 


