सुनसरी / मोरङको केराबारी गाउँपालिका - ६ मा नेपाल आदिवासी जनजाति महासंघद्धारा निर्माण गरिएको भएको छ । 


नेपाल आदिवासी जनजाति महासंघ केराबारीले २९ औं विश्व आदिवासी दिवसको अवशर पारेर भवनको उद्घाटन गरेको हो । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वुले नव निर्मित भवनको उद्घाटन गरेका हुन् । केराबारी गाउँपालिका, प्रदेश सरकार र स्थानीय आदिवासी समुदायको आर्थिक सहयोगमा भवनको निर्माण गरिएको हो । 


कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले सबै जाति समुदायको पहिचानको सुनिश्चित हुनुपर्ने बताए । कार्यक्रममा १ नम्वर प्रदेशका पूर्वमन्त्री उपेन्द्र घिमिरे, गाउँपालिकाका उपाध्यक्ष मनमाया मगर,आदिवासी अगुवा दोर्पध्वज राई, केराबारी गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्की, १ नम्वर प्रदेश पुनः नामांकन संघर्ष समिति मोरंगका संगठन विभाग प्रमुख वेदेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । 


कार्यक्रममा केराबारी गाउँपालिकामा रहेका राई,लिम्बु,मगर,नेवार,याक्खा,याम्फु लगायत १२ वटा जातिको  मौलिक नृत्य प्रस्तुत् गरिएको थियो । कार्यक्रममा भवन निर्माणका लागि दुईकठ्ठा जग्गा दान गर्ने तारामान राई सहित उनको परिवारलाई सम्मान गरिएको थियो ।