झापा / झापाको कनकाई नगरपालिका- १ स्थित दुर्गापुर, सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विजय भुजेलकी छोरी चार वर्षीया निशा भुजेल र देवीमाया जोगीका छोरा तीन वर्षीय कुमार जोगीको डुबेर मृत्यु भएको हो ।
बिहीबार घर नजिकै रहेको बेघेखोलामा उनीहरु डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पुर्याएका थिए । उनीहरूमध्ये एक जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो ।
एकजनाको बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले बताएको छ ।


