सुनसरी / इटहरी २ स्थित राजदेवि मन्दिरमा निशुल्क आँखा शिविर भएको छ । 

इटहरी २ स्थित राजदेवि मन्दिरमा सृजनशिल युवा क्लब इटहरी र लायन्स/लियो क्लब अफ इटहरी इन्नोभेसनको आयोजनामा निशुल्क आँखा शिविर  भएको छ । निशुल्क आँखा शिविरमा इटहरी २ का स्थानीय बासि करिब  दुई बढी लाभान्वित बनेका हुन् ।


पछिल्लो समयमा आँखा पाक्ने रोग बढ्दै गएकाले स्थानीयबासिहरूलाई सहज होस भनेर आँखा शिविर सञ्चालन गरेको सृजनशील युवा क्लब का अध्यक्ष सुजन घिमिरेले बताए ।


इटहरी २ का वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आथित्यतामा कार्यक्रम सुरू भएको थियो । विशिष्ट अथिति लाइन्स क्लब अफ इटहरी इनोभेसन इटहरीका अध्यक्ष पदमकुमार लुङ्गेली  ,समाजसेवि दिपेन्द्र घिमिरे , अथिति लियो क्लब अफ इटहरी इनोभेसनका अध्यक्ष पारस खतिवडा ,  नेकपा एमाले वडा नम्बर २ कमिटीका उपाध्यक्ष कनक बहादुर कार्की , टोल विकास प्रतिनिधि विभिन्न संघसंस्थाका व्यक्ति  लगाएतको उपस्थिति रहेको थियोे ।


लायन्स क्लबले प्राकृतिक संरक्षणका लागि बृक्षरोपण कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, खाद्यान्न लत्ताकपडा, विभिन्न स्कुलमा स्कुल ब्याग वितरण, स्वास्थ सेवा  र स्वास्थ सामाग्री वितरण कार्यक्रम  लगायतका समाज सेवाका काम गर्दै आएको छ ।