ईटहरी, ईटहरी डेलिभरि सर्भिस तेस्रे वार्षिक उत्सव भव्यताको साथ मनाउदै चौथो वर्ष सुरुवाता गरेको छ । विपन्न समुदायको बालबालिका सँग आफ्नो तेस्रो वार्षिक उत्सव भव्यतासाथ मनाइएको हो । समाजमा विशेष गरि बालबालिका शिक्षा बाट बन्ञ्चित नहुन् भनि ईटहरी ८ को हरिजन समुदायको बालबालिका सँग वार्षिक उत्सव मनाएको हो ।

पछिल्लो समय इन्टरनेट र प्रविधीको प्रयोगले खानाको स्वाद र खानाको परिकारको माग बड्दै गएको र उत्त मागलाई मध्यनजर गर्दे सेवाग्राहिहरुलाई उच्च स्थरिय सेवा दिदै आएको बताउछन् । ईटहरी डेलिभरि सर्भिसले आफ्नो सेवाग्राहीलाइ दिदै आएको सेवा सँगै पारिवारिक र आत्मियता झल्कने सेवा दिएको विश्वास गरिएको छ । व्यवसायलाई अहिले सवैले रुचाएको र थप सेवा ग्राही पनी आकर्शित रहेका बताउछन् ।

युवा पुस्तामा अनलाइन र बढ्दो प्रविधिको प्रयोगले यस व्यवसायलाई थप सहज बनाएको सञ्चालक बताउछन् । वार्षिक उत्सभको उपल्क्षमा गाँउ शहर एक स्वादको उदेश्य राख्दै सञ्चालकले विपन्न परिवाको बालवालिकाहरुलाइ कापि,पेन्सिल,इरेजर,बलपेन,साथै अन्य खेलकुदका सामाग्री सहयोग गरेको छ ।

सुनसरीको ईटहरी शहर केन्द्रित कर्मचारी, युवा साथै समुदायको मानिसहरुलाई घरघर मै सेवा दिने उद्येश्यले स्थापना गरिएको व्यवसाय ईटहरी डेलिभरि सर्भिस हो । यस व्यवसायले फास्टफुुड,बेकरी,पेयपदार्थ, खाद्यान्न, उपहार, चकलेट सामाग्री, साथै अन्य घरायसी सामाग्री समेत घरैमा सेवा दिदै आएको सस्थाको सञ्चालक दिपेन थापाले जानकारी दिएका छन् ।





