सुनसरी / इटहरी उपमहानगरपालिकाले मनोमानी तरिकाले बढाएको करको दर पुनरवलोकनका लागि इटहरी उपमहानगरपालिकाले समिति बनाएको छ ।

इटहरी उपमहानगरपालिकाको १३३ अ‍ौं कार्यपालिकाको बैठकमा सात सदस्यीय अध्ययन समिति गठन गरेको उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले बताए ।

वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा वडा नम्बर १ का अध्यक्ष रतन कार्की, पोषराज नेपाल, वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेल, वडा नम्बर १७ का वडाध्यक्ष प्रभात कुमार आचार्य तथा विज्ञमा गणेश दाहाल रहेका छन् भने पदेन सदस्य तथा सदस्य सचिवको रुपमा राजश्व शाखाका प्रमुख सन्तोष ढकाल रहेका छन् ।

समितिले नागरिकलाई राहत हुनेगरी करको दर समायोजन गर्ने उपायको खोजी गर्नेछ । समितिको प्रतिवेदनका आधारमा कार्यपालिकाले कर समायोजनको निर्णय गर्नेछ ।

इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को अर्थ बिधेयकले निर्धारण गरेको चर्को करका सम्बन्धमा नागरिक स्तर बाट पछिल्लो समय करको विषयमा आवाजको उठिरहेको छ ।

कार्यपालिकाकध बैठकमा आ.व. २०८०/८१ को दर रेटको विषयमा ,करार, ज्यालादारी कर्मचारीहरुको म्याद थप सम्बन्धि , आर्थिक बर्ष  २०८०/०८१ को योजनाको संचालन सम्बन्धमा ,
इटहरी-५ स्थित जनता बस्तीको व्यवस्थापन सम्बन्धमा,घर नक्सा अभिलेखीकरण सम्बन्धमा |,पुरानो मापदण्ड अनुसार बनेका पक्कि भवनको तला थप गर्ने सम्बन्धमा , आर्थिक सहयोग सम्बन्धमा र विविध विषयमा छलफल भएको थियोे ।