नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले माओवादीसँगको सत्ता सहकार्य यथावत राखिए कांग्रेस समाप्त हुने भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए सरकार ढल्ने चेतावनी दिएका छन् ।

अदालतको आदेशपछि सीआईबीबाट रिहा हुने क्रममा पत्रकारसँग कुरा गर्दै डा.शर्माले प्रचण्ड र नारायणकाजीले स्टन्टबाजी गरेर कांग्रेसका एकएक नेतालाई धूलोपीठो बनाउने योजना बनाएको दाबी गरे ।

उनले भने, ‘यिनीहरुले नेतालाई एकएक गरेर धूलोपीठो पार्दैछन् । प्रचण्डलाई यो ठाउँमा पुर्‍याएको गुन मलाई हतकडी लगाएर तिर्नुभयो।  तर, यो आतंककारीहरुसँग गठबन्धन कायमै राख्ने हो भने कांग्रेस सकिन्छ, म यो कुरा मेरा नेताहरुलाई भन्छु ।’

उनले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिए आफ्नो पूर्वनिर्धारित अनसन अघि बढ्ने बताए ।