संखुवासभा / कारागार संखुवासभामा दुई कैदीबन्दीकाे मृत्यूकाे छानविन निश्पक्ष र सत्यतथ्य हुनु पर्ने कुरालाई मादी नगरपालिकाका नगर प्रमुखले जीवन लिङ्थेपले  ध्यानाकर्षण गराएका छन् ।


दुई जना कैदीको शंकास्पद मृत्यु भएपछि अनुसन्धानका लागि १० जना प्रहरी नै पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा असईसहित १० जना प्रहरी छन्।


संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै मृत्यु भएको थियो । उनीहरूको कुटपिटबाट मृत्यु भएको प्रारम्भीक निष्कर्ष प्रहरीको छ।


 दुई कैदीबन्दीकाे मृत्यू भएपछि छानविन निश्पक्ष र सत्यतथ्य हुनु पर्ने कुरालाई मादी नगरपालिकाका नगर प्रमुखले जीवन लिङ्थेपले  ध्यानाकर्षण गराएका हुन् । घटनालाई लुकाउने छोपाउन तर्फ लागे  सुरक्षा निकायका कार्यालयहरु घेराउ गरिने लिङ्थेपले चेतावनी समेत  दिए ।


शुक्रबार जिल्ला प्रसासन कार्यालय सङ्खुवासभामा आयाेजना गरिएकाे छलफल बैठकमा लिङ्थेपले यस्ताे कडा चेतावनी उनको भनाइ छ ।


घटना भएकाे  समय वित्दै जदा पनि दाेषी सार्वजनिक नहुनेले आम मानिसमा शंका पैदा हुन थालेकाे बैठकमा सहभागीहरुले बताएका थिए । साथै दोशीलाई पत्रकार सम्मेलन गरि सर्वजानिक गर्नु पर्ने कुरा समेत उठेका छ्न् ।


छलफलमा गृहमन्त्रालयबाट गठित अध्ययन समितिका संयाेजक कारागार विभागका निर्देशक कमल पाण्डेले निष्पक्ष छानविन हुनेमा विश्वस्त रहन अनुराेध गरे ।  घटनाकाे अध्ययन गर्न करिव ३ दिन लाग्ने भएकाेले साे दिनसम्म अनुसन्धान कार्यमा सहयाेग गर्न समेत पाण्डेले अनुराेध गरेका हुन । 


घटनामा संलग्नहरु पत्ता लाग्ने क्रममा रहेकाेले केहि दिन भित्र नै सार्वजनिक गरिने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।


यसै विच छलफलले भाेली शवकाे पाेष्ट मार्टम गर्ने निर्णय गरिएकाे छ । जिल्ला अस्पतालमा राखिएकाे शवकाे पाेष्ट मार्टम गर्नका लागि विशेषज्ञकाे टाेली बाेलाएर पाेष्ट मार्टम गर्ने निर्णय गरिएकाे हाे ।