सुनसरी / भाेजपुर नगरपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जङ्गलमा निउरो टिप्न गएका भाेजपुर नगरपालिका- २ हेलौछाका ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । 


परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीवार बिहान सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो । ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीवारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी गरेका थिए । हिजो शुक्रवार  तामाङ मृतावस्थामा फेला परेका थिए ।


मृतक तामाङको शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।