सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सरकार अत्यन्तै सङ्कटपूर्ण अवस्थामा चलिरहेको बताउँदै यसको निकासका लागि सबै दल मिल्नुको विकल्प नरहेको बताएका छन् ।
संसदीय अङ्क गणितीय हिसाबले प्रदेश सरकार सङ्कटपूर्ण अवस्थामा रहेको बताउँदै थापाले सरकारको स्थायित्वका लागि सङ्घर्ष गरिरहेको बताए ।
राजनीतिक समस्या र आर्थिक तलरताका बीचमा रहेको बताउँदै उनले कोसी प्रदेश सरकार अन्य प्रदेशसरकार भन्दा पछाडि परिसकेकोले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई समस्या समाधानका लागि गम्भीर भएर लाग्नसमेत आग्रह गरेका हुन् ।
कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल एकआपसमा सहकार्य र एकताबिना समस्याको निकास ननिस्कने उनको भनाइ छ ।
सरकारले सर्वदलीय र सहमतीय सरकारका लागि आह्वान गरेको बताउँदै उनले यसका लागि प्रदेशमा रहेका सबै दलका नेता र सांसदले गम्भीर भएर लाग्नपर्ने सुनाए ।


