सुनसरी / अन्तर्राष्ट्रिय युवा दिवस २४ औँ युवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल उर्लाबारीले वृहत वृक्षरोपण गरेको छ । "एक युवा पाँच विरुवा" भन्ने मूल नारालाई आत्मसाथ गर्दै युवा संघ उर्लाबारी नगर समितीको आयोजनामा शनिबार उर्लाबारी -१ लक्ष्मीझारस्थित सोल्टि खोलाको वरिपरि वृक्षरोपण गरिएको छ  ।


वृक्षरोपणमा २ सय ५० थान विभिन्न प्रजातिका विरुवाहरु रोपिएको  थियाे  । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य भिष्मराज बुढाथोकी ,  विशिष्ट अतिथी राष्ट्रिय युवा संघ नेपालका मोरङ्ग जिल्ला संयोजक प्रविन घिमिरे , कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल , उप प्रमुख मिना खतिवडा पौडेल लगायतले मन्तव्य राखेका थिए ।


प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य भिष्मराज बुढाथोकीले बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणका लागि रुख तथा बोटबिरुवा जर्गेना गर्न वृक्षरोपणले सहयोग पुर्याउने बताए ।


कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष तिलक पाण्डे, वडा नम्बर ७ की वडाध्यक्ष उर्मीला थापा, कार्यपालिका सदस्य मनमाया तामाङ् र सुनिल धिमाल, वडा सदस्य टिका भुजेल, गणेश माझी र  गौरी शंखर दाहाल,  नेकपा एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोला, एमाले मोरङ् जिल्ला सचिवालय सदस्य मेनु पाण्डे, युवा संघ नेपाल मोरङ्ग जिल्ला सचिवालय सदस्य मनोज दाहाल, अनेरास्ववियु मोरङ जिल्ला सचिवालय सदस्य प्रिती दाहाल लगायतको उपस्थिति रहेको थियो ।IMG-20230812-WA0034