नेकपा(एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी मोरङको नवौ जिल्ला अधिवेशन हुने भएको छ । भदौ ९ गते विराटचोकको जेसिज भवनमा हुने अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न युवासंघ तयारीमा जुटेको छ युवा संघले अधिवेशनको घोषणा गरे सँगै पालिका, वडा कमिटीहरु गठन, पुनर्गठन, सदस्यता वितरण सहित संगठन विस्तारलाई तीव्रता दिएको छ । त्यसैगरी बृक्षा रोपण विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरुलाई अगाडी बढाएको छ । अधिवेशनलाई भव्यरुपमा सफल बनाउन युवा संघले प्रचारप्रसारलाई व्यापकरुपमा अगि बढाएको छ । सहर देखि गाउँ तह सम्मका युवाहरुमा अधिवेशनको उत्साह देखिएको छ । विभिन्न सास्कृतीक कार्यक्रम सहित हुने अधिवेशनको उधाटन सत्रमा युवासंघको गीतहरुले रौनक बढाउने देखिएको छ ।
अधिवेशन उदघाटनको लागि प्रमुख अतिथी कमिटीले चाडै टुंगो लगाउने जिल्ला कमिटीका संयोजक प्रविन घिमिरेले बताए । उक्त अधिवेशनको बन्द सत्रमा आयोजक कमिटी र प्रतिनिधिहरु लगायत गरेर पाँच सयभन्दा बढि युवाहरुको सहभागिता हने संयोजक घिमिरेले जानकारी दिए ।
हाल १५० सदस्यीय आयोजक कमिटी रहेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । राष्ट्रिय युवा संघ नेपालको विधान अनुसार ८३ सदस्यीय कमिटी निर्माण हुन् सक्ने युवा संघका सचिवालय सदस्य मनोज दाहाले जानकारी दिए । आफ्नै गृहनगरमा हुने अधिवेशनलाइ ऐतिहासिक बनाउने युवासंघका केन्द्रीय सदस्य मनोज राईले बताए।
पार्टीको मेरुदण्डको रुपमा काम गरिरहेको युवा संघको अधिवेशनलाई ऐतिहासिक रुपमा भव्य रुपमा सफल बनाउन आर्थिक,नैतिक,भौतिकरुपमा सहयोग गर्न नेकपा एमालेका केन्द्रीय विभाग सदस्य बद्री अर्यालले सबैमा अनुरोध गरेका छन् । जिल्लाको दोस्रो नगरी सुन्दरहरैंचामा हुने अधिवेशनलाई भव्य रुपमा सफल बनाउन सुन्दरहरैंचा नगर कमिटी अहिले सक्रिय रुपमा लागिरहेको युवा संघ नगर कमिटीका अध्यक्ष भविनजंग पाण्डेले बताए ।


