राष्ट्रिय युवासंघ नेपाल तेह्रथुमले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण गरेको छ। संरक्षण प्रकृतिकोसुरक्षा सन्ततीको’ भन्ने मुल नारालाई आत्मसात गर्दै संघले तेह्रथुमको म्याङलुङ नगरपालिका तेर्ह्रथुम थुम जिल्ला अध्यक्ष राजकुमार थापाले वताए 

संघको आयोजनामा सम्पन्न वृक्षरोपण कार्यक्रमको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य डा. विजय सुव्वाले व्यानर वाचन गरि गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. सुव्वा  युवा संघले राखेको यस वृक्षारोपण कार्यक्रमले आफ्नो ठाँउलाई हरियाली र रमणीय बनाउन मद्दत पुग्ने बताए साथै स्थायी कमिटी सदस्य डासुव्वाले युवाहरू एकजुट भएर अघि बढे आफ्नो ठाँउ समुदाय र  देश परिवर्तन गर्न कुनै कठिनाइ नहुने र युवाहरू अब जागुरुप भइ सामाजिक तथा राजनीतिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा रहेर अगाडी बढ्नु पर्ने बताए।

सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा तेह्रथुम जिल्ला ईन्चार्ज टंक आङवो कोशी प्रदेस कमिटी सचिवालय सदस्यद्वाय अनुभूति वम नेपालीलक्ष्मण तिवारीकोशी प्रदेस कमिटी सदस्य गोविन्द राज श्रेष्ठ तेह्रथुम जिल्ला कमिटी अध्यक्ष तेजमान कन्दङवा उपाध्यक्ष तथा म्याङलुङ नगरपालिका नगर प्रमुख संजय कुमार तुम्बाहाम्फे सचिव शीव ढुंगाना राष्ट्रिय युवा संग नेपाल अनुसासन आयोगका सचिव राजन नेपालीको नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु तथा राष्ट्रिय युवा संघ नेपाल तेह्रथुम जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा सम्पन्न भएको राष्ट्रिय युवा संघ जिल्ला सहसचिव जनक रिमालले वताए