सुनसरी / लागुऔषध दुव्यसनी तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम भएको छ ।


परिवर्तन एक अभियान इटहरी - ७ को आयोजनामा लागुऔषध दुव्यसनी तथा नियन्त्रण सम्बन्धि इटहरी ७ स्थित सेक्रेडहार्ड ईङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थी , स्थानीय लगाएत व्यक्तिलाई जनचेतनामूलक कार्यक्रम भएको हो ।


पछिल्लो समय लागुऔषध दुर्व्यसनमा फसदै गएका व्यक्ति तथा विद्यार्थीहरूलाई जनचेतनामूलक कार्यक्रम गरेको  परिवर्तन एक अभियान इटहरीका अध्यक्ष तेज प्रसाद घिमिरे बताए ।


ईलाका प्रहरी कार्यालय इटहरी , इटहरी वडा ७ नं वाडा कार्यालय ,  सेक्रेटहार्ट इंङ्गलिश स्कुल इटहरी , लक्ष्मी माद्यामिक बिद्यालय ईटहरी, एस ओ एस बालग्राम इटहरी , एनटिभी इटहरीले सह-आयोजक गरेको हो ।


कार्यक्रमको प्रमुख अथिति इटहरी वडा नम्बर ७ का वडा अध्यक्ष देवनारायण चौधरी , विशिष्ट अथिति एन.टि .भी इटहरीका प्रमुख राजेन्द्रराज तिमल्सिना , इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक भिम बहादुर खड्का , सेक्रेटहार्ट इंङ्गलिश स्कुलका प्रधानध्यापक डिक बहादुर तामाङ ,  जनप्रतिनिधि ,विद्यालयका विद्यार्थी , शिक्षक  लगाएको उपस्थिति रहेको थियो ।


स्वागत मनतव्य इटहरि वडा नम्बर सातका युवा जनप्रतिनिधि दिपक घिमिरेले गरेका थिए ।IMG_20230813_142638