सुनसरी / इटहरी -५ दिव्य ज्योति विद्या मन्दिर स्कुलमा राष्ट्रिय तेक्वान्दो संघ इटहरी उपमहानगरपालिका कमिटीले गरेको आयोजना गरेको  तेक्वान्दो खेल समापनमा भएको छ । 


शनिबार भएको खेलमा ब्लेस्ट तेक्वान्दो डोजाङ इटहरीले पाँच गोल्ड मेडल सहित पहिलो भएको छ भने कबिर तेक्वान्दो डोजाङ इटहरीले ४ गोल्ड मेडल सहित दोस्रो र पकली तेक्वान्दो डोजाङले दुई गोल्ड मेडल सहित तेस्रो  भएको छ ।


यस्तै ब्लेस्ट तेक्वान्दो डोजाङ इटहरी,  कबिर तेक्वान्दो डोजाङ इटहरी, पकली तेक्वान्दो डोजाङलाई सिल पुरस्कार दिएको छ । बेस्ट फाइटरमा पुरूष तर्फबाट एरिष श्रेष्ठ वाई प्वाइटिङ तेक्वान्दो डोजाङ, बेस्ट फाइटरमा महिला तर्फबाट युनिसा निरौला ब्लेस्ट तेक्वान्दो डोजाङ भएकी हुन्   । 


खेलमा १२ वटा टिम डोजाङ सहभागी थिए भने खेलाडीहरू २०० जना सहभागी भएका थिए । कार्यक्रममा प्रमुख अथिति दिव्य ज्योति विद्या मन्दिर स्कुलका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद गर्तौला , विशिष्ट अथिति दिव्य ज्योति विद्या मन्दिर स्कुलका प्रधानध्यापक सरिता अधिकारी , बुढीगंगा मास्लाड एकेडेमीका अध्यक्ष रमेश खत्रि , अथितिमा दिव्य ज्योति विद्या मन्दिर स्कुलका शिक्षक  , रेफ्रि  , अभिभावक लगाएत उपस्थिति रहेको थियोे ।