इटहरी  / मानव कल्याण समाज इटहरीले आयोजना गरेको ३९० घण्टे जेनेरल कुक र एडभान्स व्यूटि तालिम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वृत्ति विकासका लागि सहयोग गरेको हो ।


तालिममा कुक तर्फ ९ जना र व्यूटिसियन तर्फ १० जनाले लिएका थिए । मानव कल्याण समाज इटहरीले उनीहरूलाई आफू निर्भर भएर सिप सिकेर रोजगारी बन्नका लागि तालिम आयोजना गेको थियोे ।


सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले क्वयर समुदाय प्रति प्रदेश सरकार सकारात्मक र साथमा रहेको बताइन् । तालिम लिएकाहरुलाई प्रदेश सरकारले जनहि ५० हजारका दरले विउ पुँजीसमेत दिने समेत उहाँले जानकारी गराइन् । बरालले यस समुदायका निम्ति आयोजित तालिमले स्वरोजगारसँगै उन्नतिको मार्गमा पाइला टेकाउने काम गरेको उनको भनाइ छ ।


समापन कार्यक्रममा तालिममा सहभागिहरुले सिप विकास तालिम आयोजना गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिएका थिए । तालिम पश्चात आफूहरु स्वरोजगार बन्ने बाटो खुलेको बताउदै समानताका लागि सरकारले चालेको कदमको प्रशंसा गरेका थिए । कार्यक्रममा तालिम प्रदायक एक्सपर्ट टेक्निकल कलेज नेपाल प्रा.लि.का प्रमुख हेमराज दाहालले यस समुदायप्रति सधै साथ र सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।


निल हिरा समाजका तर्फबाट कुरा राख्दै अध्यक्ष पिंकी गुरुङले देशमा नै पहिलो पटक कोशी प्रदेश सरकारले क्वयर समुदायका लागि समानताको हात अघि बढाएको बताए । शिक्षा र सिपले समाजमा हुने विभेदलाई चिर्दै विसमलिङ्गी सरह समाजमा स्थापित गराउने गुरुङको भनाइ थियो ।


तालिम लिएका कुक तर्फ ९ जना र व्यूटिसियन तर्फ १० जना क्वयर समुदायका व्यक्तिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।मानव कल्याण समाज इटहरीको तालिम