इटहरी / चोरी मुद्दामा फरार रहेका इटहरीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी चोरी मुद्दामा सुनसरी जिल्ला अदालतको २०७९ साल ११ महिना २८ गतेको सजाय निर्धारण आदेशले ९ महिना कैद र १० हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका इटहरी उपमहानगरपालिका-३ का ४३ वर्षीय राजेश निम्लेकु लिम्बूलाई पक्राउ गरेको हो ।


प्रहरीले खोजतलास  गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेर उनलाई अदालत उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारगार पठाइएको छ ।