विराटनगर / विराटनगर नेकपा एमाले नकिट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि विरोध प्रदर्शन गरेको छ ।


नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलमा पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा समान १४ रुपैयाँले वृद्धि गरेपछि युवा संघले विरोध गरेको हो ।


विराटनगरस्थित नेपालले आयल निगमको कार्यालय घेराउ गर्दै उनीहरुले विरोध जनाएका हुन् ।