बेलबारी / दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिताका बिजेता ४ जना महिला खेलाडी मोरङको बेलबारीमा सम्मानित गरिएको छ ।
तेक्वान्दो खेलको माध्यायमबाट देश तथा बिदेशमा परिचित गराउन सफल खेलाडीहरुलाई बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला) ले बधाई तथा शुभकामना दिएकी छिन् । उनले खेलाडीहरुले बेलबारीको नाम उच्च बनाएकोमा गर्व महशुस भएको समेत बताईन् ।
७ औँ दक्षिण एशियाली तेक्वान्दो आईटिएफ (ITF) प्रतियोगिताका बिजेता खेलाडीहरुलाई डाँगीहाट आईटिएफ (ITF ) तेक्वान्दो डोजाङले शुक्रबार आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उपप्रमुख कोईरालाले यस्तो बताएकी हुन् ।
कार्यक्रममा ५० देखि ५५ केजी समुहमा स्वर्णपदक बिजेता कुसुम राजवंशी,५० देख ५५ कजेसी समुहमै स्वर्ण र रजत पदक बिजेता सोमबहादुर धिमाल,४० देखि ४५ केजी समुहमा स्वर्ण तथा रजत पदक बिजेता सबिना मगर,६० देखि ६५ केजस् समुहमा स्वर्ण तथा रजत पदक बिजेता केरिसा आचार्यलाई सम्मान गरिएको हो ।
कार्यक्रम डाँगीहाट आईटिएफ (ITF ) तेक्वान्दो डोजाङका अध्यक्ष समेत रहेका तेक्वान्दो प्रशिक्षक राजेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।


