काठमाडौं : नेकपा एमालेले केन्द्रीय काठमाडौंले सात वटै प्रदेशको अधिवेशन सार्वजनिक गरेको छ । नेताहरूको जिम्मेवारी फेरिएको छ । बाग्मती प्रदेशको इञ्चार्जमा गुरू बराल र सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ । 

अधिवेशन भदौ १६ र १७ गते लुम्बिनी प्रदेश, असोज ५ र ६ गते मधेस प्रदेश, असोज १० र ११ गते बाग्मती प्रदेश, असोज १२ र १३ गते कोशी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन आयोजना हुने एमालेले जनाएको छ ।


एमालेले प्रदेश अधिवेशनका लागि ४० वर्षमुनिका युवा सहभागिता सुनिश्चित हुनेगरी प्रतिनिधि चयनको विधि तय गर्ने भएको छ ।