सुनसरी /  राष्ट्रिय युवा संघ नेपाल इटहरी नगर कमिटीले इटहरी १८ को पञ्चायत आधारभुत निम्न माध्यामिक विद्यालयमा वृक्षारोपण गरेको छ ।


राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत राष्ट्रिय युवा संघ इटहरी उप-महानगर कमिटीले इटहरी १८ मा रहेको पञ्चायत आधारभुत निम्न माध्यामिक विद्यालय मा वृक्षारोपण तथा महाकलेश्वर मन्दीर परिसरमा सरसफाइ गरेको  हो ।


वृक्षारोपण कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल इटहरी का अध्यक्ष कमल दाहाल , इटहरी १८ का जनप्रतिनिधि राम कुमार चौधरी , सुनसरी जिल्ला कमिटीका अध्यक्ष सुजन लामा , सुनसरी जिल्ला युथफोसका प्रमुख सविन श्रेष्ठ , कोशी प्रदेश युथफोस प्रमुख राजन बानिया प्रमुख आथितित्यतामा वृक्षारोपण गरेका थिए । 

IMG_20230819_125752

त्यस्तै ,राष्ट्रिय युवा संघ नेपाल  इटहरी नगर सचिव सुमन कटुवाल , महाकलेश्वर मन्दीरका अध्यक्ष जनार्दन पाण्डे , पञ्चायत आधारभुत निम्न माध्यामिक विद्यालयका अध्यक्ष हवाई चौधरी , अनेमा संघ इटहरी १८ का अध्यक्ष राधा खड्का , इटहरी नगर सहसचिव नविन चौधरी , मनिस कोइराला , राष्ट्रिय युवा संघ इटहरी नगर कमिटीक प्रचार उप-प्रमुख सुभाष घिमिरे ,  इटहरी  उपमहानगरपालिका नगर कमिटी प्रचार विभाग प्रमुख मनोज अधिकारी तथा  नेता कार्यकर्ता सहभागितामा वृक्षारोपण भएको थियोे ।



  IMG_20230819_125823