सुनसरी : रामधुनी नगरपालिका- १ हनुमान मन्दिर स्थितबाट नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनीमा स्थानीय विक्रम चौधौरीले सञ्चालन गरेको थारु कटेजमा खाजा खाएर तिर्न खोज्दा नक्कली नोट दिएपछि प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय रोशन चौधरी रहेका छन् ।
उनले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले पाँच सय दरका ३५ वटा नक्कली नोटसहित चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


