सुनसरी / राष्ट्रिय स्वतन्त्र पार्टीमा इटहरीका नेपाली काङ्ग्रेसका नेता व्यवसायी तथा स्थानीयहरू  एक सय बढीले प्रवेश गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी नगर कमिटीले इटहरी  ३ म वडा स्तरीय खुला सभा कार्यक्रममा पार्टीका केन्द्रिय महामन्त्री डा. मुकुल ढकालको प्रमुख आतिथ्यतामा गत स्थानीय निर्वाचनमा काङ्ग्रेसबाट बिद्रोह गरि स्वतन्त्र भई वडा अध्यक्षमा उप-बिजेता बन्नुहुने तुला लिम्बुको नेतृत्वमा सयौको संख्यामा पार्टी प्रवेश गरेका छन  । 


कार्यक्रममा पार्टीको प्रदेश महामन्त्री ,प्रबक्ता लगायत प्रदेश कोषाध्यक्ष चन्द राई लगायत पार्टीका अन्य पदाधिकारीको पनि उपस्तिथि रहेको प्रदेश कोषाध्यक्ष चन्द्र राइले जानकारी दिए ।