सुनसरी / मौलिक लोकलय तथा संगीनी भाकामा रहेको ‘भदौरे झरी’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ ।


शुक्रवार देखि युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायिका ऋचा काफ्लेको स्वरमा रहेको छ। इटहरीका कवि गणेश खड्काको तीजको भाकाको गीत भदौरे झरीको म्युजिक भिडियो ऋचा काफ्ले युटुब च्यानलबाट सार्वजनिक भएको छ । पुराना चर्चित संगीतकार तथा गायक दुर्गा पराजुलीले संगीत गरेको ‘भदौरे झरी’ गीतलाई एरेन्ज भने राजु कार्किले गरेका छन् । 


संगीतकार पराजुलीको इटहरीमा अवस्थित सुनाखरी कला कुन्जमा सोमबार पत्रकार भेटघाट गर्दै सार्वजनिक गीत तथा भिडियोको बारेमा जानकारी गराईएको थियो । 


तिजलाई लक्षित गरेर सार्वजनिक हुने कतिपय गीतहरुमा बढ्दो विकृतिलाई प्रोत्साहित गर्ने र गलत अर्थ दिने किसिमका हुन्छन्, त्यसैले सो कुराहरुलाई पन्छाउँदै गीतमा मौलिकपन झल्काउदै पारिवारिक वातावरणमा हेर्न र सुन्न मिल्ने गीत तथा भिडियो सार्वजनिक गरिएको गायिका ऋचाले बताइन् । 


उनले भनिन समाजमा हुने गरेका गलत काम अमर्यादित कामहरू पछि पार्दै तीजको गित सार्वजनिक गरेको र देश चथा प्रदेश बसेका युवाहरूलाई समेटेर गित निर्माण गरिएको गायिका ऋचाको भनाइ छ ।


सार्वजनिक ‘भदौरे झरी’ गीतको भिडियोलाई निर्देशन तथा सम्पादन शिर कुमार साम्पाङले गरेका छन् भने दिनेश राईले छायांकन गरेका हुन् । यस्तै महेश सिग्देलले श्रिङ्गार गरेको भिडियोमा नागी डान्स सेन्टरले नृत्य गरेको छ ।


भिडियो हेर्नूहोस् : https://youtu.be/fTKm4iEtQsg

ऋचा काफ्लेको मौलिक पहिचान बोकेको 'भदौरे झरी' तीज गित