श्री लालिगुराँस नगरपालिका नगर प्रमुख

अर्जुन  माबुहाङ्ग ज्यु नमस्कार
म तपाईंले नेतृत्व गरिरहनु भएको लालिगुराँस नगरपालिका वासि प्रकाश श्रेष्ठ तेह्रथुम जिल्ला लालिगुराँस नगरपालिकाको अनियमिता, बेथिति भष्ट्राचार र कुशासनको विरुद्ध  नेकपा एमाले ले आयोजना गरेको  खबरदारी शभाको बारेमा अहिले सामाजिक सन्जालमा ब्यापक चर्चा भै रहेको छ । अहिले नगरपालिकाको नेतृत्व गल्ती सच्याउन भन्दा  सफाई दिनमा ब्यस्त छ र आफु चोखो भएको दाबी गरेको छ । मेयर अर्जुन  माबुहाङ्ग ज्यु के साच्चै तपाईंले नेतृत्व गर्नु‌भएको लालिगुराँस नगरपालिकामा अनियमिता , बेथिति , भष्ट्राचार छैन त ? छैन भने यी बिषयमा जनतालाई चित्तो बुझ्दो जबाफ दिनुहोस , एउटा राष्ट्रको जिम्मेवार राजनीतिक दलको शभालाई तपाई जस्तो गरिमामय पदमा रहेको ब्यक्तिले २/४ जना भिजिलान्ते ले गरेको शभा भनेर जे सज्ञा दिनु भएकोछ त्यस्ले तपाईको हैसियत छर्लङ्ग देखिएको छ । तपाईं आफैंले भिजिलान्ते भनेर आफुलाई नै पुष्टि गर्नेकाम गरिरहनु भएको त छैन ?  एक पटक सोच्नुहोस् त ??

अनि  जिज्ञासाहरु :-
यो जिज्ञासाहरु मेरो मात्र नभएर लालिगुराँस नगरवासीको जिज्ञासा हो । यस्को जबाफ मलाई मात्र होइन आम नगरवासी  जनतालाई मिडिया वा सामाजिक सन्जाल मार्फत नै दिनुहोला । 
यो महालेखा प्रतिबेदनले देखाएको बिषय हुन  यो भन्दा ठुलो अरु प्रमाण चाहिन्छ र ?
मेरो प्रश्न 
(१) हाल सम्म नपा ले खरिद गरेको स्वास्थ सामाग्री, जस्तापाता , खानेपानी पाइप,हातेट्राक्टर , टोनेल,  कार्यलयमा चाहिने स्टेसनरी र फर्निचर,ल्यापटप लगायतका सामग्री खरिद गर्दा के सार्बजानिक खरिद ऐनलाई पालना गर्नु भएको छ ? किन  सार्बजनिक  खरिद ऎन अनुसार बोलपत्र  आब्हानको सार्बजनिक सुचना जारी गर्नु भएन ?  एउटै  पसलबाट पटक पटक एकै प्रकृतीका समान सोझै ब्यापारी सग डिल गरेर खरिद गर्नु अनियमिता र भष्ट्राचार नभएर के हो ? (०७८/७९ मलेप पेज न ३५/३६) ? तपाईले खरिद गरेका माथी उल्लेखित  समान बजार मुल्य भन्दा कममा खरिद गरेको प्रमाण सार्बजानिक गर्न सक्नु हुन्छ ? उदाहरणको लागी - सामाजिक बिकास शाखाको तपाईको कर्मचारी  रामकृष्ण निरौलाले सेनिटयाजर र ग्लोब खरिद गरेको मलेप बेरुजुको प्रतिबेदनलाई(मलेप प्रतिबेदन ०७८/७९ को पेज न १६ को क्रस १६ पढ्ने कि) के भन्नु हुन्छ यो उदाहरण मात्र हो यस्ता धेरै छ्न क्रमस आउने नै छन । एक पटक  मलेप (महालेखा परिक्षण) को प्रतिबेदन पनि पढ्ने कि ?
- यस्को जबाफ सबै भ्याट बिल छ भन्नु होला सवाल भ्याट बिलको होइन प्रक्रिया र कमिसनको चक्करमा  महङ्गोमा खरिद भयो भन्ने हो ? 
(२) आज तपाईले करार कर्मचारी सबैको म्याद नथपेको सुचना सामाजिक सन्जालमा हाल्नु  भो ? हिजो के कारणले राख्नु भएको थियो आज के कारणले हटाउनु भो ?  हिजो राख्दा के आबस्यकता र औचित्यको आधारमा राख्नु भएको थियो के आज त्यो औचित्य पुरा भयो त ? होइन भने आफ्ना कार्यकर्तालाई जागिर खुवाउन राख्नु भएको भए त्यो अनिमियता होइन भने के हो  ? सबैको म्याद नथप्ने भनेकोमा अहिले केहि कर्मचारी नियमित  कार्यलयमा हाजिर भएको देख्न पाइन्छ ? उनिहरुको नियुक्ति कहिले कुन प्रक्रियाबाट गर्नु भो  जबाफ दिन सक्नु हुन्छ ? सुरक्षागार्ड , माली कार्यालय सहयोगी , ड्राइभर  बाहेक अन्यको नियुक्ति गर्दा लोकसेवाको प्रकृया अपनाउनु पर्ने हुन्छ के तपाईले अपनाउनु भएको छ ? सोझै तोक आदेशमा जागिर दिने कुराले लालिगुराँस नगरपालिकामा शुशाशन र पारदर्शीताको धज्जि उडाएको छैन र?

(३) नगरपालिकाको बजेट एकमुष्ट राखी आबस्यकता र औचित्य पुष्टि नहुने  कार्यक्रम र योजनामा आफु खुशि तोक आदेशमा बजेट बितरण गरेको अनिमियताको बारेमा महालेखा परिक्षकको प्रतिबेदनले प्रष्ट लेखेको छ त्यसबारे के भन्नु हुन्छ  त्यति मात्र होइन  नम्स भन्दा बढी आफु खुशी बिल बनाउन लगाएर केहि योजना र कार्यक्रममा कसरी भुक्तानी गर्नुभयो मलेप ले प्रष्ट लेखेको छ के यो भष्ट्राचार नभएर के हो ?(०७८/७९ मलेप पेज न १७ )

(४) नगरपालिकामा गाडीको सुबिधा पाउने  जनप्रतिनिधि र कर्मचारी को को हुन नियम ले के भन्छ जबाफ दिन सक्नुहुन्छ ? नगरपालिकाको गाडी हुदाँ हुदैँ आब ०७८/७९ मा मात्र ( (बार्ह लाख भन्दा बढी ) १२,०३,५५० /- (कर्मचारीले  कार्यक्रम गर्न जादाको बाहेक) गाडी भाडा भुक्तानी कसरि भयो त्यो भष्ट्राचार होइन ? (मलेप प्रतिबेदन ०७८/७९ को  पेज न १६ को क्रस १५ पढ्ने कि ) बिना पेरुल तेलको भुक्तानी  बढी दिएको महालेखाको प्रतिबेदनमा उल्लेख छ त्यो असुल उपर गर्न सक्नु हुन्छ ?

(५) बसन्तपुर र लसुनेका हार्ड्वयर ब्यापारीकाे बिज्ञप्ति  सामाजिक सन्जालमा देखियो के ति ब्यापारीको नाम तोकेर भनेको थियो र उनिहरुले स्पष्टीकरण दिएको हो कि ? अनि स्पष्टीकरण दिदा पनि आआफनो दिनु पर्नेमा किन सयुक्त रुपमा आयो? नपा ले आफ्नो सफाइको लागी जबर्जस्त निकाल्न लगाएको भान हुन्न र यस्लाई कसरी लिनु हुन्छ ?

(६) मेड्पाका कर्मचारीको तलब सुबिधा सन्दर्भमा  असुल उपर गर्नु भनेर मलेप ले प्रष्ट लेखेको छ कहिले असुल उपर गरेर जनतालाई जानकारी गराइनु हुन्छ ? असुल उपर गरि बैक दखिलाको भौचरको प्रतीक्षामा छौ ? (०७८/७९ को  मलेप प्रतिबेदनको पाना न ९७/९८ पढ्ने कि)

(७)  नेपाल सरकारले नगरपालिकामा  दरबन्दी अनुसार कर्मचारी पठाएको र शिक्षा शाखा प्रमुख हुदा हुदै जबर्जस्त समाजिक बिकास शाखा प्रमुख भनेर राहतको निमा शिक्षकलाई ६/६ बर्ष सम्म के का लागी नगरपालिका  राख्नु भो औचित्य पुष्टि गर्न सक्नु हुन्छ ? बिज्ञ हो कि ? सोझै पसलबाट सामन खरिद गर्नको लागी मात्र हो (मलेप प्रतिबेदन)? सामाजिक शाखा प्रमुख भए यता के के सुधार भएको छ  भन्न सक्नु हुन्छ ? अनि नपा बाट नै  दोहोरो सुबिधा दिनु/ लिनु भष्ट्राचार नभएर के भन्नु हुन्छ दोहोरो सुबिधाको बारेमा मलेप ले प्रष्ट लेखेको बिषयलाई के भन्नु हुन्छ प्रमुखज्यु जबाफ छ? दोहोरो सुबिधा बाफत लिएको रकम कैले  फिर्ता गर्न लगाउनु हुन्छ ?

(८) बिगत लामो समयदेखी नगरपालिकामा प्रमुख प्रशाशकिय अधिकृत सरुवा भएर आउदा पनि किन टिक्न दिनु हुन्न र सरुवा हुन बाध्य बनाउनु भएको छ ? प्रशासन समुहबाट प्रमुख प्रशाशकिय अधिकृत हुने प्राबधान लाई कुल्चिएर  लेखा समुहबाट प्रमुख प्रशाशकिय अधिकृत ( लेखा प्रमुख ) बनाउने बिषयले कसरि प्रशाशन चुस्त दुरुस्त हुन सक्छ ? अधिकृत ज्यु कानुनको पालन गराउने जिम्मा अहिले तपाईको हो । बहुमत  छ भन्दैमा कानुनलाई कुल्चिदै गरेको निर्णय र कार्यान्वयनले  तपाईलाई पनि समस्या पर्ला कि कानुनि राज्य स्थापित गर्ने कुरामा ध्यान दिनुपर्दैन , संविधान, ऎन , कानुन र नियमावली भन्दा माथी कुनै राजनितिक दल बहुमत हुदैमा हुन्छ ? यस्तो कृयाकलापले त नेपाली कांग्रेसका कार्यकर्ता समेत लजाउन थालेको कत्तिको देख्दै हुनुहुन्छ ??

(९) खरमुक्त छाना कार्यक्रम अन्तर्गत जस्तापाता दिने सन्दर्भमा के साच्चै नियमावली ले ब्यबस्था गरे बमोजिम जेष्ठसदस्य, बृद्ध , एकल महिला , बालबालिका , गरिब  बिपन्न परिवारलाई पहिलो प्राथमिकतामा  बितरण गर्ने कार्यबिधी हुदा हुदै राजनितिक आस्थाको आधारमा बितरण गरेको बिषयलाई के भन्नु हुन्छ ?  तपाईको कार्यकालमा कति जनालाई अनुदान के के शिर्षकमा दिनु भएकोछ सार्बजानिक गर्न सक्नु हुन्छ ,त्यो अनुदान् बितरण बिधी अनुसार छ कि राजनितिक आस्थाको आधारमा छ । नगरपालिका अन्य राजनीतिक आस्था बोकेका जनता  सेवा लिन आउदा तपाईले कस्तो ब्यबहार गर्नु हुन्छ।तपाइ निर्बाचित भए पछी साझा ब्यक्ती होइन किन बिभेद ?
(१०)  खुशी लाग्यो अहिले संघिय सरकार शहरी बिकास मन्त्रालयबाट  लालिगुराँस पार्क बनाउन भनेर रु १ करोड आउने भएछ यस्ले समाजिक सन्जालमा राम्रो नै ठाउ पाएको छ । मेयर ज्यु प्रदेश सरकारले यस अघि तपाईकै नगरपालिकामा १ करोड ४५ लाख तिनजुरे डाँडामा शिबजी थिम पार्क बनाउन भनेर आएको रकम तपाईले नै होइन डाँडा रङ्गाएर  केहि हुन्न भन्दै फ्रीज गर्नु  भएको ? पटेक डाडामा बुद्ध पार्क बनाउन आएको १ करोड ५० लाख तपाईले उपभोत्ता समिती नबनाइ दिएर  फ्रीज गराउनु भएको होइन ,तिनजुरे डाडा , गुराँस भन्ने शब्द र छलफल हुन साथ  तपाईलाई एमाले गनाउथियो हैन  यसबारेमा केहि भन्नु हुन्छ कि ? ढिलो भए पनि डाडा रङ्गाउन पुग्नु भएछ बधाई छ । हामी प्रष्ट छौ लालिगुरासको समृद्धि कृषि र पर्यटन बिना सम्भब छैन , सुन्दैछु - २८ प्रजातीका गुराश एउटै  थलोमा रोप्ने अरे १६००- ५५०० मि मा पाइने गुरासलाई एकै थलोमा हुर्काउने बिषय सुन्दा कर्णपृय होला  त्यति सहज जस्तो लाग्दैन बिज्ञको परामर्शमा हो कि ,कि कसैलाई रिसर्ज र केहि कार्यकर्तालाई बिरुवा बटुल्नेमा खर्च गर्न लाग्नु भएको भए मेरो भन्नु केहि छैन त्यस्को पनि हिसाब किताब पछी नै खजौला यो सुझाब मात्र हो ।
 मेयर साप
यी यस्ता बिषय हाम्रा  मात्र होइन सबै आम नगरबासीको चासो र सरोकारको बिसय हुन। यस बिसयमा  कृपाय नझर्कीकन उत्तर पाउने नै छौ भन्ने आस छ  । अरु पनि धेरै बिषय छन सबै बिषयको एकै पटक जबाफ दिन तपाईंलाई पनि गार्हो पर्ला त्यहि भएर अहिले यती बिषय राख्या छु।  अरु बिषय  क्रमश सार्बजानिक हुदै जानेछन जबाफ दिनु नै हुने छ  र यी केहि तथ्य र प्रमाणहरु यहाँ नै सग्लन गरेको छु अध्ययन गर्नु होला ।।
                                               प्रकाश श्रेष्ठ
                                    लालिगुराँस नगरपालिका तेह्रथुम
FB_IMG_1692716571105FB_IMG_1692716574973FB_IMG_1692716579406FB_IMG_1692716586430