सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको मुल्य मान्यताविपरीत विश्वासको मत लिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनवाइ हुँदैछ ।


सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीसमेतको मत प्रयोग गरेर थापाले विश्वासको मत लिएपछि बुधबार एमालेले थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।


एमाले संसदीय दलदका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, ४ भदौका सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर रिट दर्ता गरेका हुन् ।


‘सोमबार मत विभाजनको हस्ताक्षर गर्ने क्रममा समायवधि सकिसकेको अवस्थामा सभाध्यक्षको आसनबाट इस्राइल मन्सुरीले गरेको हस्ताक्षसमेत जोडी ४७ पुर्‍याएको कार्य गैरकानुनी छ। त्यो बदर गरी पाऊँ। संविधानको धारा १६८ (३) बमोजिम तथा सर्वोच्चबाट यसअघि नै भएको आदेशबमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश गरी पाऊँ,’ एमालेले रिटमा भनेको छ।