सुनसरी / सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको छ । बिहीबारन्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मुख्यमन्त्री थापाले पाएको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको हो ।


प्रदेश सभामा विश्वासको मत लिँदा थापालाई  सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले विश्वासको मत दिएपछि नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता गरेका थिए ।  उक्त रिटमा सर्वोच्चले सुनुवाइ गर्दै मुख्यमन्त्री थापालाई १५ गतेसम्म काम चलाऊ सरकारका रुपमा काम गर्न आदेश दिएको छ ।


सर्वोच्चले कोशी प्रदेश सरकारविरुद्धको मुद्दालाई अग्राधिकार दिएर भदौ १५ गते पूर्ण सुनुवाइका लागि पेशी तोकेको छ ।

IMG_20230824_222628

IMG_20230824_222644