सुनसरी / मोरङको सुन्दरहरैंचा नगरपालिका - ९ मा भएको राष्ट्रिय युवा संघ मोरङको नवौं जिल्ला अधिवेशनले प्रविन घिमिरेको अध्यक्षतामा ८३ सदस्यीय नयाँ कार्य कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।


सुन्दरहरैंचा ९ को इन्द्रपुर जेसिज भवनमा  भएको कार्यक्रममा नेकपा एमालेको युवा संगठनले कमिटीको उपाध्यक्षमा मजर आलम, सचिवमा विवेक भुजेल, सहसचिवमा इन्द्र श्रेष्ठ, रेशम मगर तथा कोषाध्यक्षमा विपना बुढाथोकीलाई राष्ट्रिय युवा संघ मोरङको चयन गरेको छ । नव गठित कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको छ ।


अधिवेशनमा युवा संघ केन्द्रीय अध्यक्ष क्षितिज थेवे, नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत, नेकपा एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेल लगायतले आ-आफ्नो  धारणा राखेका थिए ।


सुशासन, समृद्धि, राष्ट्रियता, नवीनता, सृजनशीलता र गतिशीलता भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो । कार्यक्रममा पार्टीमा आवद्ध व्यक्तित्व , प्रतिनिधि लगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।


राष्ट्रिय युवा संघ मोरङ अधिवेशन आयोजक कमिटीका संयोजक प्रविण घिमिरेको अध्यक्षतामा कार्यक्रम  सम्पन्न भएको थियाे ।IMG_20230827_135518