सुनसरी / राष्ट्रिय युवा सघं नेपाल नगर कमिटि भाेजपुरका पदाधिकारीहरूले साउन २० गचे राेपिएका विरुवाहरुकाे शनिबार स्थलगत अनुगमन गरि विरुवाहरुमा रहेका झारपात गाेडमेल गरि सरसफाइ गरेको छ ।
राष्ट्रिय युवा सघं नेपाल भोजपुरका अध्यक्ष दिपेन दर्लानका अनुसार गत साउन २० गते तिनधारा सल्लेरी सामुदायिक वन उपभाेक्ता समिति भाेजपुर नगरपालिका टक्सारबाट "एक युवा,पाचँ विरुवा" भन्ने नाराका साथ दुई सय वढि विभिन्न उत्पादनशील विरुवाहरु वृक्षाराेपन गरेका बिरुवा स्थलगत अनुगमन गरि विरुवाहरुमा रहेका झारपात गाेडमेल गरि सरसफाइ समेत गरिएको छ ।
युवा सघं नेपाल नगर कमिटि भाेजपुरकाे आयाेजनामा डिभिजन वन कार्यालय भाेजपुरकाे बिरुवा सहयाेग एवम् तिनधारा सामुदायिक वन उपभाेक्ता समिति टक्सारकाे समन्वय प्राविधिक सहयाेगमा पार्टीका विभिन्न सदस्य नेतानेतृत्व,स्थानिय बासिहरुकाे विशेष उपस्थितिमा गरिएकाे थियाे ।
राष्ट्रिय युवा सघं नेपाल नगर कमिटी भाेजपुरकाे सप्ताहव्यापी कार्यक्रम हरेक शनिबार गर्ने गरिएको छ । राेप्नु मात्रै ठुलाे कुरा हैन संरक्षण गर्नु हामी सबैकाे अभिभारा दायित्व रहेको ,विरुवाहरु सतप्रतिशत रुपमा सरेकाे कुराले उनीहरूलाई थप उर्जा थपेकाे राष्ट्रिय युवा सघं नेपाल भोजपुरका अध्यक्ष दिपेन दर्लानले बताए ।
साेहि कुराकाे मर्मलाई आत्मसाथ गरि सामुदायिक वन क्षेत्रका काेषाध्यक्ष हर्षराज ताम्राकार सल्लाह बमाेजिम यस साताकाे सप्ताव्यापि कार्यक्रम अनुरुप राष्ट्रिय युवा सघं नेपाल नगर कमिटि भाेजपुरका पदाधिकारीहरुकाे उपस्थितिमा राेपिएको थियोे ।




