सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर - १६ स्थित सरस्वती जब्दी माध्यामिक विद्यालय नेपाली कांग्रेसका प्रधानाध्यापक नियुक्ति गरेको विषयमा अदिवासी जनजाति महासंघ इटहरीले आपत्ति जनाएको छ ।
कार्यपालिका सदस्य प्रमोद शेर्पालाई सदस्यबाट हटाउन इटहरी १६ का वडाध्यक्ष तेज नारायण चौधरीले नेकपा एमाले नगर कमिटीमा सिफारिस गरेको विषयलाई लिएर सोमबार नेपाल अदिवासी जनजाति महासंघ इटहरीले इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेललाई कार्यपालिका सदस्यबाट नहटाउन माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
अल्पसंख्यक आदिवासी जनजाति समुदायतर्फ मनोनित कार्यपालिका सदस्य शेर्पा नेकपा ( एमाले) प्रदेश सचिवालय सदस्य समेत हुन् । उपल्लो कमिटिको नेताहरूको निर्देशनमा वडा नं १६ इटहरीको वडाध्यक्ष चौधरीलाई प्रयोग गरि कारवाहीको लागि सिफारिस गरिएको हो ।
विद्यालयमा हुने प्रधानाध्यापकको नियुक्ति राजनैतिक भागवण्डाको लागि नभई निष्पक्ष र प्रकृयागत रूपमा योग्यता र क्षमताको आधारमा हुनु पर्ने महासंघले मेयर पौडेललाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
सो पत्रमा बिनागल्ती कसैको राजनैतिक चरित्र हत्याहुने किसिमले कारबाहीको लागि सिफारिस गर्ने कार्यको महासंघले घोर भर्त्सना गरेको उल्लेख गरिएको नेपाल अदिवासी जनजाति महासंघ इटहरीका अध्यक्ष चिराहाङ्गराईले जानकारी दिए ।
नेकपा एमालेका इटहरी उपमहानगरका अध्यक्ष यामकुमार सुब्बालाई पनि सो पत्र सोमबारै बुझाउने भनिएपनि काठमाठौं गएकाले बुझाउन नसकिएको महासंघ इटहरीका अध्यक्ष राईले बताए । सुब्बालाई फोनबाट चाँही सो पत्र बारे जानकारी दिइएको र वडाध्यक्ष चौधरीले सिफारिस गरेपनि शेर्पामाथि कुनै कार्वाही नगर्न आग्रह पनि गरिएको महासंघ अध्यक्ष राईको भनाइ छ ।


