सुनसरी / इटहरी उपमहानगरपालिका कर्मचारीले सरकारी नम्बर प्लेटको मोटरसाइकल हेल्मेटबिनै चलाउने गरिएको देखिएको छ । आइतबार दिउँसो ३ बजेको समयमा इटहरी उपमहानगरपालिकाको गेट अगाडिबाट कर्मचारी दीपेश आचार्य मोटरसाइकलमा निस्किए ।
प्रदेश १–०२–००१ प ३३०६ सेतो नम्बर प्लेटको सरकारी मोटरसाइकलमा उपमहानगर गेटबाट निस्किएका आचार्यलाई ‘हेल्मेट किन प्रयोग नगरेको ?’ भनेर सोध्दा उनले गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भए ।
यतिसम्म गैरजिम्मेवार र झर्को लाग्दो उत्तर थियो कि, ‘हेल्मेट छैन, किन ?’ उनको झर्को लाग्दो उत्तरले स्थानीय मानिसहरूसमेत उनीतर्फ केन्द्रित भए । उनले हेल्मेट प्रयोग नगरेको मात्रै होइन, मोटरसाइकलमा राखेका पनि थिएनन् ।
उनी इटहरी उपमहानगरको गल्ली हुँदै हेल्मेटबिनै संगीत चौकतर्फ लम्किए । आचार्य इटहरी उपमहानगरपालिकामा योजना प्राविधिक शाखामा इञ्जिनियरको रूपमा कार्यरत छन् ।
आँफूलाई सुशासनयुक्त भनेर दाबी गर्ने इटहरी उपमहानगरपालिका आफैँ भने विभिन्न कारणले समय–समयमा विवादमा आउने गरेको छ । पछिल्लो समय उपमहानगरले कर वृद्धिको कारण चौतर्फी तनावसमेत झेलिरहेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० अन्तर्गत दफा १६४ (ढ) मा ‘पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएको पाइएमा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने व्यवस्था’ उल्लेख छ ।


