सुन्दरहरैँचा / राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटिका नवनिर्बाचित अध्यक्ष प्रबिण घिमिरे तथा सुन्दरहरैँचा नगर कमिटि अध्यक्ष भबिन पाण्डे सहित जिल्ला र नगरका नेताहरू सडकमा टागिएका झन्डा ,ब्यानर हटाएर नगर सफाइमा जुटेका छन ।
जिल्ला अधिबेशनको समयमा टागिएका झन्डा ब्यानर हटाएर जनताको भावना तथा नगरको सुन्दरता कायम राख्दै राजनितिक र समाजिक संस्कार देखाउँने काेसिस गरेको राष्ट्रिय युवा संघका नव निर्वाचित जिल्ला अध्यक्ष प्रबिण घिमिरेले बताए । उनले आफुले गरेको कार्यक्रमको सजिसजाउँले सर्वसाधारणलाई समस्या नहोस भनेर सफाइ अभियान गरिएको प्रतीक्रिया गरे ।
राष्ट्रिय युवा संघ नेपालकाे जिल्ला अधिबेशन सुन्दरहरैँचामा सफलता पूर्वक सम्पन्न भएको साथै सजाएर राखिएका , बाटोमा लगाएका झन्डा ब्यानर कार्यक्रम सम्पन्न गरेपछी सफा गरेर सुरक्षित राखिएको राष्ट्रिय युवा संघ नेपालका नव निर्वाचित जिल्ला कमिटी सदस्य मनोज दाहालले जानकारी दिए ।


