राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटीले बराहक्षेत्र नगरपालीका वार्ड न .१० मा बृक्षरोपण गर्ने निर्णय गरेको छ । राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटीको आयोजनामा गरिने बृक्षारोपण कार्यक्रम निरन्तरता दिदै अभियान अगाडि बढाइएको युवा संघ बराहक्षेत्र नगर कमिटीको अध्यक्षता सन्तोष ओख्रबुले बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत राष्ट्रिय युवा संघको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य रेशु तामाङ साथै विशेष अतिथिमा नेकपा एमाले बराहक्षेत्रकि उपाध्याक्ष सीता भन्डारी पौडेल, नगर सचीव राजेन्द्र कार्की लगाएत राजनैतिक एवम् बौद्धिक ब्यक्तित्वहरुको सहभागी रहने कार्यक्रममा सिंगो बराहक्षेत्र नगरले साथ र सहकार्य रहने नेकपा एमाले नगर सचीव राजेन्द्र कार्कीले बताउनुभयो ।

IMG-20230829-WA0006

बराहक्षेत्र धार्मिक तथा सांस्कृतिक पर्यटकीयक्षेत्र रहेकोले यस्ता क्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउनका साथै राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत बृक्षरोपण कार्यक्रम गर्न लागिएको राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य रेशु तामाङले बताउनुभयो ।

कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला,नगर साथै वडाका सदस्यहरुको उपस्थितमा मा बृक्षरोपण कार्यक्रम भदौ १६ गते गर्ने अध्यक्षओख्रबुले बताउनुभयो ।